समाचार
रैनादेवी छहरा गाउँपालिकाको गाउँसभा अधिवेशन सुरु, नीति तथा कार्यक्रम सर्वसम्मत पारित
रैनादेवी छहरा गाउँपालिकाको गाउँसभा अधिवेशन सुरु, नीति तथा कार्यक्रम सर्वसम्मत पारित
छहरा, असार ८ — रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशन आज गाउँपालिकाको बैठक हलमा सुरु भएको छ। अधिवेशनको पहिलो बैठक गाउँसभा अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकको सुरुवातमा उपाध्यक्ष श्री युवराज थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शून्य समयमा सभा सदस्यहरू दान बहादुर थामी, धन बहादुर रायमाझी, अर्जुन प्रसाद ज्ञवाली र रविलाल पोखरेलले समसामयिक विषयहरूमा आफ्ना विचार राख्नुभएको थियो।
रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशनमा सभाका अध्यक्ष रुक्माङ्गत भट्टराईद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम “आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार” भन्ने नारामा आधारित रहेको छ। कार्यक्रमले कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षणलगायत पाँच प्रमुख प्राथमिकतालाई केन्द्रमा राखेको छ। दिगो विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी सेवा प्रवाहका साथ आत्मनिर्भर, समुन्नत र सुखी गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको यस नीतिमा समावेशी विकास, नवप्रवर्तन, प्राकृतिक स्रोतको सदुपयोग र स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको प्रवर्द्धनलाई जोड दिइएको छ। नीति तथा कार्यक्रममाथि भएको छलफलमा सभा सदस्यहरू दान बहादुर थामी, रविलाल पोखरेल, धन बहादुर रायमाझी, अर्जुन प्रसाद ज्ञवाली र सूर्य बहादुर कार्कीले विभिन्न सुझावहरू दिनुभएको थियो। ती सुझावहरू समेट्दै नीति तथा कार्यक्रमलाई गाउँसभा बैठकले सर्वसम्मत पारित गरेको छ।
सभाध्यक्षले गाउँसभाको १८औँ अधिवेशन अन्तर्गत दोस्रो बैठक असार ९ गते दिउँसो १:०० बजे बस्ने जानकारी गराउँदै आजको बैठक समापन गर्नुभएको थियो।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।