समाचार
गाउँसभाको १८औँ अधिवेशन सम्पन्न
गाउँसभाको १८औँ अधिवेशन सम्पन्न
===========================================
गाउँसभाको १८औँ अधिवेशनको तेस्रो बैठक मिति २०८२ असार २७ गते गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न तेस्रो बैठकले उपाध्यक्ष श्री युवराज थापाले पेश गर्नुभएको आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ८० करोड ४६ लाख १२ हजार ८२५ बराबरको बजेट पारित गरेको छ ।
गाउँपालिकाले "आर्थिक, सामाजिक र पूर्वाधार : समृद्ध रैनादेवी छहराको मूल आधार" भन्ने नारासहित बजेट तर्जुमा गरेको छ। प्रस्तुत बजेटले स्थानीय पूर्वाधार विकास, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना प्रवाह, पयर्टन र सामाजिक समावेशीतालाई प्राथमिकता दिएको छ। रु. ८० करोड ४६ लाख १२ हजार कुल बजेट मध्ये चालू तर्फ रु. ४९ करोड ७८ लाख ५७ हजार र पुँजीगत तर्फ रु. ३० करोड ६७ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ ।
उपाध्यक्ष थापाले बजेट प्रस्तुत गर्दै पालिकाले संविधान, नीति दस्तावेज, संघ–प्रदेशका कार्यक्रम, स्थानीय सुझाव र दीगो विकासका लक्ष्यहरूलाई मध्यनजर गर्दै बजेट तर्जुमा गरिएको जानकारी दिनुभयो। स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग, जनउत्तरदायित्व, पारदर्शिता र समन्वयमा आधारित योजनाको प्रभावकारी कार्यान्वयनमा गाउँपालिका प्रतिबद्ध रहेको छ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।