FAQs Complain Problems

एकीकृत घुम्ती शिविर सञ्चालन

रैनादेवी छहरा गाउँपालिकाले नागरिकहरूलाई सहज रूपमा वडा स्तरबाटै सेवा प्रवाह गर्न सम्पूर्ण वडा कार्यालयहरूमै पुगेर एकीकृत घुम्ति शिविर सञ्चालन गरेको छ। शिविर साउन १८ गते ८ नं वडा कार्यालयमा सुरु भई साउन २६ गते ४ नं वडा कार्यालयमा समापन भएको थियो।
गाउँ कार्यपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जीवन राना, मेडिकल अधिकृत डा. शिशिर कुमार पटेल, प्रशासन शाखा प्रमुख सहायक प्रशासकीय अधिकृत प्रकाश के.सी., कृषि शाखा प्रमुख सिर्जना थापा, पशु विकास शाखा प्रमुख धिरोज मगर, सहायक महिला विकास निरीक्षक छबिता देवकोटा लगायत कर्मचारिहरू वडास्तरमै पुगेर सेवा प्रदान गर्नुभएको थियो ।
शिविरमा अपाङ्गता परिचयपत्र नवीकरण तथा वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, दीर्घ रोगी तथ्याङ्क अभिलेखीकरण, कृषक समूह दर्ता तथा नवीकरण र कृषि तथा पशुपन्छी फर्म दर्ता तथा नवीकरण सहित विभिन्न ६ प्रकारका सेवाहरू प्रदान गरिएको थियो ।
शिविर अवधिभर २०१ जनाको अपाङ्गता परिचयपत्र नवीकरण, ४६ वटा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, १८ वटा कृषि तथा पशुपन्छी फर्म नवीकरण, २५ जना दीर्घ रोगीहरूको विवरण दर्ता, ३ वटा नयाँ व्यवसाय दर्ता तथा ३५ वटा व्यवसाय नवीकरण गरिएको छ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//